पाठ्यक्रम

श्री सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रको औपचारिकतर्फ श्री सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मिति २०६६÷०३÷१९ मा क्षे.शि. नि. धनकुटाबाट कक्षा ६ को वेदविद्याश्रमको पाठ्यक्रमअनुसार सञ्चालन गर्ने अनुमति प्राप्त गरी २०६६÷०१÷०२ देखि निरन्तर रूपमा कक्षा थप हँुदै हाल कक्षा ९ सम्म सञ्चालन हँुदै आएको छ । मिति २०६५÷१२÷११ देखि नै गुरुकुल कक्षा सञ्चालन गर्न जि.शि.का.बाट अनुमति पाइसकेको छ । यसै गरी मिति २०६७÷०२÷२८ मा कक्षा ७, २०६७÷१२÷२४ मा कक्षा ८ र २०६९÷०२÷०८मा कक्षा १ सञ्चालन गर्न जि.शि.का.बाट अनुमति प्राप्त भइसकेको छ भने मिति २०६९÷०३÷२८ मा क्षे.शि.नि. धनकुटाले जि.शि.का.मा पत्र पठाई २०६९÷०४÷२१ मा जि.शि.का.ले निर्णय गरी शैक्षिक सत्र २०६९ देखि माध्यमिक विद्यालय कक्षा ९ सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको छ । कक्षा १० र कक्षा २ को अनुमतिका लागि प्रक्रिया अगाडि बढाइएको छ । विद्याश्रममा वेदविद्याश्रम÷गुरुकुलको पाठ्यक्रमबमोजिम र अतिरिक्त विषय अंग्रेजी थप गरी पढाउँदै आएकोमा मिति २०६८÷१०÷२७ मा अंग्रेजी विषय पाठ्यक्रममै समावेश गर्ने शिक्षा मन्त्रालयको पाठ्यक्रम विकासवोर्डको जानकारी भएअनुसार सो बमोजिम निम्न विषयहरू औपचारितर्फ पढाइ हुँदै आएको छ ः

कक्षा १—३
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क कैफियत 
नेपाली १००
अंग्रेजी ÷संस्कृत भाषा १००
गणित १००
सामाजिक अध्ययन तथा सिर्जनात्मक कला १००
विज्ञान , स्वास्थ्य र शारिरीक शिक्षा १००
संस्कृत रचना १००
जम्मा ३४ ६००
कक्षा ४—५
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क कैफियत 
नेपाली १००
अंग्रेजी ÷संस्कृत रचना   १००
गणित १००
सामाजिक अध्ययन ७५
सिर्जनात्मक कला २५
संस्कृत व्याकरण ५०
सदाचार शिक्षा(नित्यकर्म ) ५०
वेद ÷नीतिशास्त्र (स्थानीय विषय ) १००
जम्मा ३९ ६००
 
कक्षा ६—८
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क कैफियत 
नेपाली १००
अंग्रेजी÷संस्कृत भाषा १००
गणित १००
सामाजिक अध्ययन १००
संस्कृत व्याकरण १००
वेद वा नीतिशास्त्र १००
पेशा , व्यवसाय र प्रविधि शिक्षा (फलित ज्योतिष) १००
संस्कृत रचना १००
जम्मा ३९ ८००
 
कक्षा ९—१०
क्र.सं. विषय पाठ्यभार पूर्णाङ्क कैफियत 
नेपाली १००
गणित १००
सामाजिक अध्ययन १००
संस्कृत व्याकरण र अनुवाद १००
अंग्रेजी वा संस्कृत भाषा  साहित्य १००
वेद वा नीतिशास्त्र १००
कर्मकाण्ड वा फलित ज्योतिष १००
तलका विषयमध्ये कुनै एक विषय लिन सकिनेछ 
१) आयुर्वेद २) प्राकृतिक चिकित्सा ३) योग शिक्षा
४) तर्कसंग्रह ५)न्याय ६) ज्योतिष ७)व्याकरण १००
जम्मा ३९ ८००
 

२०६९ को शैक्षिक सत्रदेखि कक्षा ६ मा नीतिशास्त्र र वेदलाई दुई समूह बनाई अध्यापन गरिदै आएको छ । विद्याश्रममा शैक्षिक सत्र २०६६ देखि नै अन्य विद्यालयहरूभन्दा बढी दिन अध्यापनको ब्यवस्थासहितको शैक्षिक पात्रो निर्माण गरी सोहीअनुसार गरिदै आएको छ । मासिक शैक्षिक क्रियाकलापको छलफल र शैक्षिक गुणस्तर बृद्धिका निमित्त हरेक महिनाको अन्तिम शुक्रवार स्टाफ मिटिङ तथा अन्य शुक्रवारहरूमा अतिरिक्त क्रियाकलाप गराइँदै आएको छ । हरेक दिन विहान ९÷४५ वजेबाट राष्ट्रिय गान र सरस्वती बन्दनासँगै औपचारिक कक्षा शुरु गरिन्छ भने वेलुका ४÷१५ वजे कक्षा समाप्ति सरस्वती बन्दनाको साथ हुन्छ ।